दफा
बोर्डले सेवा सञ्चालन गर्ने गराउने
(१) बोर्डले सञ्चालन गर्नु पर्ने सेवा आपैmले वा आवश्यकता अनुसार सेवाप्रदायकलाई अनुमतिपत्र प्रदान गरी वा निजसँग सम्झौता गरी सञ्चालन गर्न गराउन सक्नेछ ।
तर दफा ७ बमोजिम गठित बोर्डले सेवा प्रदायकमार्फत मात्र सेवा सञ्चालन गराउनेछ ।
(२) उपदफा (१) बमोजिम सेवा प्रदायकलाई अनुमतिपत्र प्रदान गर्दा वा निजसँग सम्झौता गर्दा बोर्डले आवश्यक शर्त तोक्न सक्नेछ ।
(३) सेवा प्रदायकले पालन गर्नु पर्ने शर्तहरु अनुमतिपत्र वा सम्झौतामा उल्लेख भएबमोजिम हुनेछन् ।
(४) अनुमतिपत्रको ढाँचा तथा सम्झौतामा उल्लेख हुनु पर्ने कुरा तोकिएबमोजिम हुनेछ ।